×

Nepali Community

राष्ट्रियसभाको निर्वाचन सकिएसँगै कांग्रेस केन्द्रीय समिति बैठक बोलाउने तयारी


काठमाडौं । माघ १३ गते
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल गर्ने गरी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउने तयारी गर्नु भएको छ । राष्ट्रियसभाको निर्वाचन सकिएसँगै कांग्रेस केन्द्रीय समितिको भर्चुअल बैठकको तयारी रहेको बताइएइको छ ।

संविधानअनुसार पाँच वर्षभित्र स्थानीय जनप्रतिनिधिको निर्वाचन हुनुपर्ने भएपनि अहिले सत्ता गठबन्धनमा निर्वाचन ६ महिना सार्ने सहमति भएको छ ।सत्ता गठबन्धनका प्रमुख घटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदको निर्वाचन पहिले गरेर स्थानीय तहको निर्वाचन ६ महिनापछि गर्ने प्रस्तावलाई सत्ता गठबन्धनले अनुमोदन गरेसँगै त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

निर्वाचन आयोगले बारम्बार पाँच वर्षभित्रै निर्वाचन गराउनुपर्ने भन्दै सरकारलाई ध्यानकर्षण गराइरहेको भएपनि नेपाली कांग्रेस समेत निर्वाचन सार्ने पक्षमा उभिन थालेपछि निर्वाचनबारे उचित निर्णय लिन केन्द्रीय समिति बैठक बोलाउन लागिएको बताइएको छ ।


More

View All

News

Health

Sports