×

Nepali Community

स्वास्थ्यका लागि दालचिनी खानुका फाईदाहरु


काठमाडौं । माघ १३ गते
दालचिनी हरेक भान्सामा गरम मसलाको रूपमा प्रयोग गरिन्छ । तर दालचिनी केवल मसला मात्र होइन यो उच्च गुणस्तरको औषधि समेत हो ।
दालचिनीमा एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल तत्व हुन्छ । दालचिनी खानुका फाईदाहरु यसप्रकार छन्

 

आधा चम्चा दालचिनीको धुलोले एलडिएल कोलेस्ट्रोल घटाउँछ ।

आधा चम्चा दालचिनीको धुलो एक चम्चा महसँगै रोगीलाई खानाअघि दिनहु दिएपछि एक सातामा आर्थराइटिसको दुखाइमा कमी हुन्छ ।

नियमित दालचिनीको सेवनले कपाल झर्न रोक्दछ ।

दाँतको दुखाइमा राहत पाउन पनि दालचिनीको सेवन गर्न सकिन्छ ।

दालचिनीको सेवनले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

यसमा रगत जम्न नदिने गुण समेत पाइन्छ ।

अमेरिकाको कृषि विभागका अनुसन्धानकर्ताहरूले प्रकाशित गरेका अध्ययन प्रतिवेदन अनुसार दालचिनीले रगतको क्यान्सर र ’लिम्फोमा’ क्यान्सर कोषको वृद्घलिाई कम गर्छ ।

दालचिनीको सेवनले रुघा समेत कम हुन्छ ।

वीर्यको गुणस्तर बढाउँन पनि दालचिनीको सेवन लाभदायी हुन्छ ।

रोग प्रतिरोधक क्षमता बढाउँन र तौल घटाउँन पनि यसको सेवन लाभदायी हुन्छत्यस्तै दालचिनीले पाचक रसको स्रावलाई समेत उत्तेजित गर्छ ।

 

 


More

View All

News

Health

Sports