काठमाडौं । माघ १३ गते
आज पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा दोस्रो सेमिफाइनल खेल हुँदैछ ।पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २स्३० बजे सुरु हुनेछ ।आज दुबै टिम जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
मनाङले नेपाल पुलिस क्लबलाई २– ० गोल अन्तरले हराएर अन्तिम चारमा स्थान बनाएको हो ।यस्तै आर्मीले थ्री स्टार क्लबको चुनौती १(० ले पन्छाएर मनाङसँगको भेट पक्का गरेको हो ।यस खेलको विजेताले फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएर एपीएफ उपाधि नजिक पुगिसकेको छ ।
फाइनल शनिबार हुनेछ ।सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ।