×

Nepali Community

कस्तो रहला तपाईको दिन?


काठमाडौं । माघ १३ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज यात्रामा मालसामान हराउने र मनमा निराशा आउने योग रहेको छ भने प्रेममा मनमुटाव पनि आउन सक्छ, तर साँझमा यात्राको योजना बन्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज धनार्जनका स्रोतहरू पत्ता लाग्ने योग रहेको छ भने आत्मबल बढाएर काम गरेमा असफल नभइँने र वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने परिवारमा सुख सन्तोष छाउने तथा नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज विशिष्ट व्यक्तिको साथ पाइने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउनुका साथै सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा दुबिधा उत्पन्न हुने योग रहेको छ भने अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ने तथा आर्थिक कारोबारमा मन्दी आउनेछ, आफन्तबाट सहयोग चैं मिल्ला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज विद्या र बुद्धिको विकास हुने योग रहेको छ भने सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने तथा व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सामाजिक क्षेत्रमा सफलता मिल्ने योग रहेको छ भने मनमा सहयोग भाव आउने तथा प्रेम सम्बन्ध कसिलो हुने र रमणीय र सुखद् यात्राको योग छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज मनमा शान्ति छाउने योग रहेको छ भने अरुलाई प्रभावित पारेर काम बन्ने तथा नसोचेको ठाउँबाट धनागम हुनुका साथै नयाँ कामको थालनी पनि हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज साना तिना समस्यामा अल्झनुपर्ने योग रहेको छ भने स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज सुखदुःख बराबरी मध्यम खालको योग रहेको छ भने ठुलो कारोबारमा लगानी नगर्नु । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज गरेको कार्यमा सफलता मिल्ने योग रहेको छ भने शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज लाभदायक यात्रा रहने योग रहेको छ भने महिला वर्गबाट विशेष सहयोग मिल्ने तथा परिश्रम गर्दा धनार्जन हुने र कुनै कुराले मनमा शान्ति छाउनेछ ।


More

View All

News

Health

Sports