काठमाडौं । माघ १३ गते
रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र दलालहरूलाई कानुन बमोजिम कारबाही गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रतिवद्धता जनाउनु भएको छ । उहाँले पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर दलालहरूले विभिन्न देशमा पुर्याइँ नेपाली युवाहरूलाई अलपत्र पार्ने क्रम बढेको भन्दै त्यसतर्फ सचेत रहन पनि आग्रह गर्नु भएको छ ।
ठगीमा परेका नागरिकहरूले आफ्ना गुनासोहरू सिधै मन्त्रालयको सचिवालयमा फोन गरेर टिपाउन उहाँले आग्रह गर्नु भएको दलालहरूबाट ठगिने क्रमलाई रोक्नका लागि मन्त्रालयले विभिन्न समयमा छड्के, अनुगमन, नयाँ–नयाँ गन्तव्यहरूको खोजि, श्रम सम्झौता र विभिन्न देशका कुटनीतिक नियोगहरूसँगको भेटघाटको क्रमलाई तीव्रता दिएको श्रेष्ठले जानकारी दिनु भएको छ ।
श्रेष्ठले आफु मन्त्रालयमा आइसकेपछि श्रमीकहरूको हकहितको लागि असाध्यै जिम्मेवार तरिकाले लागेको जिकिर गर्नु भएको छ ।विभिन्न छड्के अनुगमनदेखि नयाँ नयाँ गन्तव्यहरूको खोजी कार्यदेखि लिएर, श्रम सम्झौता गर्नेदेखि लिएर विभिन्न देशका कुटनीतिक नियोगदेखि सबैसँग भेटघाटको क्रमलाई तीव्र बनाएको उहाँको भनाई छ ।