×

Nepali Community

‘चाईना जुत्ता’ बोलको गीत सार्वजनीक


काठमाडौं । माघ १३ गते
चर्चित तामाङ सेलो तथा म्हेन्दोमाया गायक रोशन फ्युवा गायिका र लक्ष्मी तामाङको आवाजमा सजिएको म्हेन्दोमाया भाकामा ल्होछार गीत ‘चाईना जुत्ता’ को भिडिओ बजारमा आएको छ । रोशन फ्युवाद्वारा निर्देशित उक्त गीतको शब्द सङ्गीत समेत फ्युवा आफैंले भर्नु भएको छ । अहिले ल्होछारको अवसर पारेर बिभिन्न ल्होछार सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भईरहेका छन् ।

चाईना जुत्ता’ बोलको गीतको छायाङ्कन लम्जुङको एकदमैै सुन्दर र पर्यटकीय गाउँ छिन्खोलामा गरिएको छ भने यस गीतको भिडिओमा तामाङहरुले ल्होछार मनाउने, पाहुनाको सत्कार गर्ने र नाचगान गर्दै रमाईलो गर्ने परम्परालाई मनमोहक रुपमा चित्रण गरिएको छ । आफना पछिल्ला गीतहरुमा जस्तै यस गीतलाई पनि दर्शक श्रोताले माया गरिदिने कुरामा आशावादी रहेको निर्देशक फ्युवाको भनाई छ ।

चाईना जुत्ता बोलको गीतमा चर्चित कलाकारहरु रोशन फ्युवा ,आरम्भ तामाङ, अस्मिता तामाङ र रोशनी तामाङको दमदार अभिनय रहेको छ । म्हेन्दोमाया भाकामा सजिएको ‘चाईना जुत्ता’ बोलको गीतको यस भिडिओमा तामाङहरुको मौलिक नाचहरुलाई समाबेश गरिएको निर्देशक फ्युवाको भनाई छ । अहिले देशमा पश्चिमी संस्कृतिको देखासिखी धेरै भएकाले आफ्नो मौलिक संस्कृतिलाई जर्गेना वा जोगाउन उक्त गीतको सिर्जना गरेको निर्देशक फ्युवा बताउनु हुन्छ । तामाङहरुको मौलिक संस्कृति, सौर्न्दर्य र संस्कृतिलाई उक्त गीतको भिडिओ मार्फत मिठासका साथ उतारिएको छ ।

भिडिायो हेर्न यहाँ क्लिक गर्नुहोस्


More

View All

News

Health

Sports