काठमाडौं । माघ १३ गते
स्थानीय निर्वाचन पछि सार्न नदिन एमालेले दुई मध्ये एक विकल्प रोज्नुपर्ने राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले बताउनु भएको छ । आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै नेता देवकोटाले एमालेले कि संसद चल्न दिनुपर्ने र यदि चल्न नदिने हो भने स्थानीय तहको चुनावसँगसँगै प्रतिनिधि सभाको पनि ‘अर्ली इलेक्सन’ सम्बन्धी संकल्प प्रस्ताव दर्ता गर्नुपर्ने विकल्प रहेको बताउनु भएको हो । उहाँले प्रतिनिधि सभाको अर्ली इलेक्सनको संस्थागत प्रस्तावमा सत्ता गठबन्धन पनि सहमत हुने विश्वास भएको जिकिर गर्नु भएको छ ।
सर्वोच्च अदालतले सरकार बन्ने विकल्प रहुन्जेल प्रतिनिधि सभालाई मार्न पाइँदैन भनेर फैसला गरेको स्मरण गराउँदै दुई तिहाईभन्दा बढी जनप्रतिनिधिले चुनावमा जान्छौँ भनेमा यसमा अदालत बाधक नहुने र फैसला प्रभावित नहुनेमा समेत उहाँले विश्वास व्यक्त गर्नु भएको छ । उहाँले साँसदलाई आफनो कर्तव्यबाट विमूख गराउने जुन हतकण्डा एमालेले संसदमा गरेको यो निन्दनीय र भत्सर्नायोग्य भएको आरोप समेत लगाउनु भएको छ ।
उहाँले तलव भत्ता मात्र खाने, जनताको काम नगर्ने भन्ने भनाईलाई नै पुष्टि हुने गरी जसरी लामो समयदेखि संसद अवरुद्ध गरिएको र । यसले व्यवस्थामाथिनै आँच पुगेकाले यसको जति निन्दा गरेतापनि कमी हुने जिकिर गर्नु भएको छ ।