काठमाडौं । माघ १३ गते
आज राष्ट्रिय सभाका १९ पदका लागि निर्वाचन हुँदै छ । सातै प्रदेशमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।निर्वाचन समाप्त भए लगत्तै आजै मतगणना हुने आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिनु भएको छ । आज राति ११ बजेसम्म मतपरिणाम सार्वजनिक हुने सम्भावना छ ।
राष्ट्रिय सभा सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार आज निर्वाचन हुन लागेको हो । संघीय संसदमा प्रतिनिधित्व गर्ने नौ राजनीतिक दलका उमेदवार चुनावी मैदानमा छन् ।यो निर्वाचनमा निर्वाचनमा स्थानीय तहका एक हजार ४९३ र प्रदेशसभाका गरी दुई हजार २५ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ ।