काठमाडौं । माघ १३ गते
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल संविधान च्यात्ने र लोकतन्त्र मास्न उन्मुख देखिएको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आरोप लगाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा उहाँले पहिले पनि यी नेताहरूले नै स्थानीय निकाय जनप्रतिनिधिविहीन बनाएकोले यसपालि पनि इतिहास दोहोरिने खतरा देखिएको बताउनु भएको हो ।
उहाँले संयोगवश अहिले फेरि तिनै पात्रहरु, शेरबहादुर,प्रचण्ड,माधव नेपाल नै स्थानीय तह राख्ने कि सक्ने भन्ने निर्णय गर्ने स्थानमा पुगेको आरोप लगाउनु भएको छ । रिमालले गतिबिधि हेर्दा इतिहास दोहरिने खतरा बढ्दै गएको जिकिर गर्नु भएको छ । सत्तारूढ गठबन्धनका नेताहरू संविधान च्यात्ने र लोकतन्त्र मास्ने दिशातर्फ उन्मुख रहेको रिमालको आरोप छ।
‘मुखमा रामराम बगलीमा छुरा भन्ने भनाइलाई चरितार्थ गर्दै गठबन्धनका यी संचालकहरु संविधान,कानुन,लोकतन्त्र भन्दै संविधान च्यात्ने र लोकतन्त्र मास्ने दिशातर्फ उन्मुख देखिएको आरोप लगाउनु भएको छ । उहाँले ०५४ मा निर्वाचित स्थानीय निकायका जनप्रतिनिधिको म्याद ०५९ मा सकिएका बेला यी नेताहरूले म्याद नथपेको पनि आरोप लगाउनु भएको छ । ‘०५४ सालमा निर्वाचित स्थानीय निकायको म्याद २०५९ सालमा सकियो। त्यतिखेर प्रधानमन्त्री शेरबहादुर देउबा थिए। स्था