काठमाडौं । माघ १३ गते
आज जनमत पार्टीले सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । जनमत पार्टी किसान आन्दोलनका नाममा एक महिनादेखि सडकमा उत्रिएको छ ।पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ भन्दै जनमतले ज्ञापन पत्र बुझाउन लागेको हो ।
पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ ।