काठमाडौं । माघ ११ गते
चुनाव मंसिरसम्म सार्ने पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलेप्रस्ताव गर्नु भएको छ । उहाँले आज सामाजि सञ्जाल मार्फत आफ्नो धारणा राख्दै संसद र प्रदेशसभाबाट प्रस्ताव पारित गरेर चुनाव मंसिरमा सार्ने र मंसिरसम्म सबै चुनाव सक्नेगरी अगाडि बढ्नुपर्ने बताउनु भएको हो ।
उहाँले थला परेको अर्थतन्त्र र लोकतन्त्रलाई ध्यान दिएर मंसिरमा चुनाव गर्नु उपयुक्त हुने बताउनु भएको छ । कानून संशोधन गरेर संविधान र कानूनको विरोधाभास मेटाउनुपर्ने , ५ वर्ष पुगेका पालिकालाई ६ महिना कामचलाउ अधिकारसहित निरन्तरता दिनेसमेत प्रस्ताव उहाँले प्रस्ताव गर्नु भएको छ ।