×

Nepali Community

रथले किचेर बारामा दुई जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते


काठमाडौं । माघ ११ गते
बारामा रथले किचेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ को अवस्था गम्भीर छ । जिल्लाको आदर्श कोतवाल गाउँपालिका–३, बतरामा दुलहा–दुलही बोकेको रथले किचेर सोमबार दुई जनाको मृत्यु भएको हो । स्थानीय लक्षु राम महरा चमारका छोरा सियाराम महरा चमारको बिहेमा प्रयोग भएको रथले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।

जसमा सिम्रौनगढ नगरपालिका–७ कि २५ वर्षीया वालकुमारी राम र आदर्शकोतवाल गाउँपालिका–३, बतरा बस्ने १६ वर्षीया निलम कुमारी रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल, कलैया ल्याइएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।


More

View All

News

Health

Sports