×

Nepali Community

पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको माओवादी केन्द्रका नेता पुनको भनाई


काठमाडौं । माघ ११ गते
पार्टी महासचिवमा आफ्नो दाबी स्वभाविक भएको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताउनु भएको छ । थाइल्याण्ड र चीनमा झण्डै चार महिनाको स्वास्थ्योपचार गरी सोमबार बेलुकी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू पहिले नै सचिव भइसकेकाले महासचिवमा दाबेदारी स्वभाविक भएको टिप्पणी गर्नु भएको थियो ।

पदाधिकारी चयनका लागि माओवादीले माघ २७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ। यसअघि पुस ११ देखि १८ गतेसम्म भएको महाधिवेशनले केन्द्रीय समितिमात्रै चयन गरेको थियो। केन्द्रीय समिति बैठकले स्थायी कमिटी र पोलिट्ब्युरो पनि चयन गर्नेछ।


More

View All

News

Health

Sports