×

Nepali Community

बैंकहरुले प्राथमिकता तोकेको क्षेत्रमा लगानी बढाउनुपर्ने अर्थमन्त्री शर्माको जिकिर


काठमाडौं । माघ १० गते
बैंकहरुले प्राथमिकता तोकेको क्षेत्रमा लगानी बढाउनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको ५७औँ वार्षिकोत्सव समारोहलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै मन्त्री शर्माले कृषि, पर्यटन, औद्योगिक विकास र विस्तारमा गर्दै आएको लगानीलाई दोब्बर बनाउनुपर्ने बताउनु भएको हो ।

मुलुकलाई आत्मनिर्भर बनाउन वैदेशिक लगानी अभिवृद्धिका लागि नयाँ र समयसापेक्ष कार्यक्रम ल्याउनसमेत मन्त्री शर्माले आग्रह गरे। गरिबी न्यूनीकरणमा बैंकको लगानी केन्द्रित हुनुपर्ने धारणासमेत उहाँल्े व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले सोमबारदेखि नै सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (यूएसएसडी) सेवाको सुरुवात गर्दै मन्त्री शर्माले यस्तो नयाँ प्रविधिको प्रयोगले ग्रामीण भेगका जनतालाई पनि वित्तीय पहुँचमा ल्याउन सक्ने र छरिएर रहेको पुँजी एकीकृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।


More

View All

News

Health

Sports