काठमाडौं । माघ १० गते
आज एसियन लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले माघ १२ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । इन्सुरेन्सले आर्थिक वर्ष २०७६–७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई २५५ बोनस सेयर र २५ नगद गरी कुल २७५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा होटल दियालो लर्डस् आदर्शनगर, वीरगञ्जमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभामा उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
एसियन लाइफको ५१५ स्वामित्व रहेको एसियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । बोनस वितरणपछि चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ ।