काठमाडौं । माघ १० गते
आज पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा अन्तिम क्वाटरफाइनल खेल हुँदैछ ।पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २स्३० बजे सुरु हुनेछ ।आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ ।
यस खेलको विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लसँग प्रतिस्पर्धा गर्नेछ।मनाङ नेपाल पुलिस क्लबलाई २(० गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।