×

Nepali Community

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ १० गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने व्यापार व्यवसायमा फाइदा हुनुका साथै वाहन सुख मिल्ने तथा नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृष
उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभअशुभ समाचार सुनिनुका साथै लाभहानी, आयव्यय, सुखदुख बराबरी मध्यम खालको दिन रहेको छ भने मित्रसँग मीठो भेटघाट पनि रहला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज प्रिय व्यक्तिसँग भेटघाट हुने योग रहेको छ भने धैर्य गरि मिहिनेत गरेमा कार्यसिद्धि हुनुका साथै आर्थिक पक्ष र शेयर बजारबाट राम्रै सफलता मिल्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज भेटघाट र मनोरञ्जनमा सहभागिता भइनुका साथै नयाँ र शुभकार्यको चर्चा चल्ने तथा सामाजिक क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज बन्धुबान्धवबाट सहयोग मिल्ने योग रहेको छ भने साहित्यिक क्षेत्रमा रुचि बढ्ने तथा मित्रबाट विशेष सहयोग मिल्नुका साथै सामाजिक कार्यमा पनि मन जाला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आत्मिक सन्तुष्टि मिल्ने योग रहेको छ भने विद्यामा सफलता पाइनुका साथै धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भने सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्ने तथा प्रेम र दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिने योग रहेको छ भने मनोरञ्जनमा लाग्दा अवसर गुम्ने तथा दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र या अलङ्कारको प्राप्ति हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज कुनै समाचारले मनमा शान्ति छाउला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शैक्षिक पक्षमा सुधार हुनेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज प्रेममा मनमुटावका साथै मन कमजोर रहने योग रहेको छ भने सामान हराउने वा चोरी हुने भय पनि छ । साँझमा मन प्रसन्न रहने र वैदेशिक कार्य राम्रो हुनेछ ।


More

View All

News

Health

Sports