काठमाडौं । माघ १० गते
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गौर नरसंहार दोहोर्याउने आफ्नो अभिव्यक्ति कसैप्रति लक्षित नभएको र यसलाई सामान्य रूपमा लिन आग्रह गर्नु भएको छ । ५ माघमा दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि यादवले आज विज्ञिप्त मार्फत भविष्यमा सचेत रहने प्रतिबद्धता जनाउनु भएको छ ।
उहाँले आफ्नो वक्तव्य व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सोप्रति दुःख व्यक्त गर्नु भएको छ । यादवले यसलाई सामान्य रूपमा लिन हार्दिक अनुरोध गर्दै आगामी दिनमा यसप्रति सचेत रहने जिकिर गर्नु भएको छ ।
मन्त्री यादवले दुःख व्यक्त गरेर निकालिएको विज्ञिप्तको अधिकांश अंश भने आफ्नो भनाइलाई अतिरञ्जित र अपव्याख्या गरिएको भन्नेमा केन्द्रित छ।विभिन्न राजनीतिक दल तथा नागरिक अगुवाले पदबाट बर्खास्त गर्न माग गरेपछि यादवले यस्तो विज्ञप्ति जारी गर्नु भएको हो । यादवको दल जनता समाजवादी पार्टीले भने जनमत पार्टीलाई आरोपित गरेर विज्ञिप्त जारी गर्नु भएको थियो ।