काठमाडौं । माघ १० गते
वर्तमान सरकार चुनावबाट भाग्न खोजेको नेकपा एमाले महासचिव शंकर पोखरेलले बताउनु भएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले ०५९ सालको जस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव टार्न खोजेको बताउनु भएको छ ।
महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो मोहरा बनाएको आरोप पनि लगाउनु भएको छ । पार्टीमा विवाद बढेपछि देउवाले ०५९ सालमा संसद् भंग गरेर संकटकाल लगाउनु भएको थियो । उहाँले सामाजि सञ्जालमा लेख्नु भएको छ, ‘हिजो देउवा चुनावबाट भाग्न खोज्दा ०५८ साले प्रतिगमन भाथ्यो । आज पुनः देउवालाई मोहरा बनाइँदैछ । हिजो उचाल्ने ज्ञानेन्द्र, आज प्रचण्ड ।