×

Nepali Community

यस्ता छन् यौन चाहाना बढाउने खानेकुराहरु


काठमाडौं । माघ १० गते
जब एक पुरुष र महिला नजिकिन थाल्छन्, तव उनीहरुबीच प्रेम हुन्छ र वैवाहिक सम्बन्धमा बाँधिन्छन् ।विवाह भनेको दुई मनको मात्र हैन, तनको संगम पनि हो । वैवाहिक जीवनमा बाँधिएपछि श्रीमान्९श्रीमती दुबैले एक९अर्कालाई माया, प्रेमसंगै शरीर पनि सुम्पन्छन् । अझ भनौं यौन सम्बन्ध वैवाहिक जीवनमा अति नै महत्वपुर्ण कुरा हो ।यौन जीवनलाई स्वास्थ्य राख्न यी खानेकुराहरुको महत्व रहेको छ ।

यस खानेकुराको प्रयोग बढाएर जंक तथा अस्वस्थ्य खानाको प्रयोग नगर्नु नै उचित हुन्छ । राम्रो जीवनशैलीको प्रभाव यौन जीवनमा पर्ने गर्छ । शारिरीक तथा माानसिक दुबै स्वस्थ्यको उतिकै महत्व रहेको हुन्छ । आफ्नो पार्टर तथा आफ्नै इच्छा बमोजिम यौन सम्पर्क गर्न नसकेर हिनताबोध गर्नेको जमात समाजमा प्रशस्तै पाइन्छ ।

यसो हुनुमा साधारण सावधानी नअपनाउँदा हुन सक्छ भने स्वास्थ्य अवस्था विग्रेर पनि हुन सक्छ । यसर्थ तल साधारण सावधानी अर्थात केही कुरामा ध्यान दिने सकिए आफ्नो यौन क्षमतामा वृद्धि गर्न सकिने उपायका बारेमा जानकारीदिइएको छ ।

चकलेट मन नपर्ने शायदै कोही होला तर यसको प्रभाव यौन जीवनमा भने ठूलै रहेको छ । चकलेट र यौनको सम्बन्ध गहिरो रहेको छ । चकलेटले तनाब घटाउने गर्छ । तसर्थ स् चकलेटको प्रयोगले पनि यौन जीवन खुसी राख्न मदत पुग्छ ।

अनारको प्रयोगले शारिरीक तथा मानसिक दुबै स्वास्थ्यमा फाईदा पुग्ने गर्दछ । अनारको अनेक फाईदा हुने गर्छ । अनारको सेवनले यौन जीवन सुधार हुने गर्छ । तसर्थःयदी यौन जीवन राम्रो बनाउन चाहानुहुन्छ भने अनारको सेवन गर्न जरुरी छ ।

माछामा ओमेगा ३ को मात्रा रहेको हुन्छ जसले हाम्रो मस्तिष्कमा सकरात्मक प्रभाव पार्ने गरेको हुन्छ । माछाको सेवनले हाम्रो सिस्टममा पर्ने गरेको हुन्छ । यस खाले माछाको प्रयोग गरेमा यौन जीवनमा सकरात्मक प्रभाव पर्ने गर्छ ।

केरा यौनस्वस्थको लागि उपयुक्त हुन्छ । यसमा समावेश ब्रोमेलिन नामक एन्जाइमले कामेच्छा बढाउन र सेक्स हार्मोन्सलाई नियन्त्रित गर्न सहयोग गर्छ । यस बाहेक केरामा भिटामिन सी, ए र बी १ भरपुर मात्रामा पाइन्छ, जसले पुरुषको शरीरमा शुक्राणु उत्पन्न गर्ने क्षमता बढाउँछ ।

धेरैले सेवन गर्ने गरेको खरबुजाको प्रयोगले भने यौन जीवनमा प्रभाव पर्ने गरेको पाईएको छ । यस फलको अन्य फाईदाका साथै यौन जीवनमा पर्ने गर्छ ।

हरियो तरकारीमा यौन इच्छा बढाउने तत्व हुन्छ । हरियो तरकारीमा अमीनो एसिड भरपुर मात्रामा हुन्छ, जन शरीरमा गएर नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । त्यसले पुरुषहरुमा इरेक्शन लामो समयसम्म रहिरहन सहयोग गर्छ ।

खानालाई स्वादिलो बनाउने हरीयो खुर्सानीले तपाईको यौनजीवनमा पनि स्वाद बढाउने काम गर्छ । हरीयो खुर्सानी सेवन गर्नाले पुरुषको गोप्य अंगको वरपरका अंगहरुमा रक्त सञ्चार राम्रोसँग हुन्छ र कामोत्तेजना बढ्छ । त्यसैले आज बाट नै आफ्नो भोजनमा हरीयो खुर्सानी समावेश गर्नुहोस् ।

फर्सीको बियाँ महिला र पुरुष दुबैको प्रजनन क्षमता बढाउनका लागि फाइदाजनक हुन्छ । त्यसमा जिंक, क्याल्सियम,पोटासियम र फस्फोरसको साथै भिटामिन सी,बी,डी,ई र के पाइन्छ, जसले कामेच्छा उत्पन्न गर्न सहयोग गर्छ ।

अण्डाले प्राकृतिक रुपमा यौन शक्ति बढाउन सहयोग गर्छ । अण्डामा भिटामिन बी ५ र बी ६ हुन्छ, जसले यौन जीवनलाई राम्रो बनाउन सहयोग गर्छ । अण्डामा भएको प्रोटिनले शारीरिक कमजोरी हटाएर शरीरमा नयाँ उर्जा थप्ने काम गर्छ ।


More

View All

News

Health

Sports