×

Nepali Community

स्वास्थ्यका लागि उखुको जुस खानुका फाईदाहरु


काठमाडौं । माघ १० गते
नेपालको तराई भेगमा उखुको जुस धेरै खाने गरिन्छ । यसले एनिमिया, जण्डिस जस्ता रोगलाई निको पार्न सहयोगी भूमिका खेल्छ । उखु यस्तो बाली हो जसबाट चीनी र गुडरभेली मात्र बनाइँदैन, यसको रस अथवा जुस पनि निकै सेवन हुने गर्दछ ।उखुको जुस स्वास्थ्यको दृष्टिकोणले निकै लाभदायक हुन्छ । उखुको जुसमा अत्याधिक मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । जसले हाम्रो पाचन तन्त्रका लागि निकै महत्वपूर्ण हुन्छ ।

यसले संक्रमणबाट बच्न र बचाउन पनि उत्तिकै सहयोग पुर्याउँछ ।उखुको जुसमा आइरन, म्याग्नेसियम, क्याल्सियम, भिटामिन, कोबाल्ट, जिङ्क र अनेक किसिमका इलेक्ट्रोलाइट्स पनि पाइन्छन जुन तत्वहरू शरीरको हाइड्रेसनका लागि अति आवश्यक हुन्छन् ।यसले शरीरमा प्रोटिन स्तर बढाउने काम गरिरहेको हुन्छ । त्यसका साथै ज्वरो र संक्रमण आदिविरुद्ध लड्नमा पनि हामीलाई सहयोग पुर्‍याउँछ ।उखुको जुसमा उच्च मात्रामा ग्लुकोज हुन्छ जुन् शरीरलाई हरपल आवश्यक पर्छ । उखुको जुस खाँदा तत्काल शरीर ऊर्जाशील हुन्छ ।उखुको रसमा क्याल्सियम क्रोमियम कोबाल्ट म्याग्नेसियम फस्पोरस पोटासियम एवं जिंक जस्ता खनिज हुन्छ । यी तत्वले प्रोस्टेट र स्तन क्यान्सरबाट बचाउँछ ।

उखुको रसबाट छालालाई आवश्यक पर्ने अल्फा हाइड्राक्सी एसिड प्रयाप्त हुन्छ । जसले छालामा आउने डण्डीफोर लगायतका समस्याबाट मुक्ति मिल्छ ।
उखुको रसमा प्रशस्सत प्रोटिन हुन्छ । यसलाई नरिवलको पानीमा मिलाएर पिउँदा युरिन इन्फेक्सन् एसिडिटी वा पत्थरी लगायतका समस्याबाट मुक्ति पाउन सकिन्छ ।

उखुको रसमा एंटीआक्सीडेट्सको मात्रा उच्च हुन्छ जसले शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धी हुन्छ ।

उखुको जुसमा पाइने अल्कालाइन तत्वले गर्दा यसको नियमित सेवनले प्रोस्टेट र ब्रेस्ट क्यान्सर रोगहरूविरुद्ध जुझ्न पनि यो उत्तिकै प्रभावशारी हुन्छ । यस जुसको अर्को विशेषता यसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढाउन पनि राम्रो सहयोग मिल्दछ ।

उखुको रसमा हुने पोटासियमले पाचन प्रणाली पनि राम्रो हुन्छ ।

यदि तपाईंको साँस गन्हाउँछ भने तपाईंले उखुको जुस सेवन गर्नुपर्छ । यसो गरेमा चाँडै नै साँस गन्हाउने समस्याबाट राहत मिल्दछ ।

उखुको रसमा खनिजको मात्रा उच्च हुन्छ जसले हाड र दाात बलियो बनाउँछ । यसले दाँतलाई चम्किलो बनाइदिन्छ ।

उखुको रसको सेवनले नङलाई पनि सुन्दर बनाउँछ । यसले नङमा हुने दाग धब्बा हटाउन सघाउँछ ।

उखुको रसमा हुने खनिजको मात्राले शरीरमा ऊर्जा कायम राख्छ र यसले छालालाई जवान देखाउन पनि सहयोग गर्छ । उँखुको रसले छालामा आवश्यक

पहेँले रोगको उन्मूलनमा उखुको जुस सेवन वरदान सरह नै हुन्छ । पहेँले रोगमा कलेजोले सही ढंगबाट काम गर्न नसक्दा शरीरका द्रवहरू बिलरुबिनको अधिकता हुन पुग्दछ । यस कारणले गर्दा हाम्रो शरीरको त्वचा (छाला) पहेँलो हुँदै जान्छ ।
पर्ने नुनको मात्रा कायम राख्ने हुँदा छाला जवान हुन्छ ।

उखुको रसमा प्रोटिनको मात्रा उच्च हुन्छ । यसले प्रोटिनको कमीबाट आउने ज्वरोबाट पनि बचाउँछ ।


More

View All

News

Health

Sports