×

Nepali Community

नेपालमा संकट आइपर्दा राष्ट्रसेवकले महत्वपूर्ण भूमिका नीर्वाह गर्दै आएको प्रधानमन्त्री देउवाको भनाई


काठमाडौं । माघ ९ गते
अब आउने स्थानीय तहको निर्वाचमा स्वच्छ,मर्यादित बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका खेल्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । सशस्त्र प्रहरी बलको २१औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो । उहाँले अब आउने स्थानीय तहको चुनावलाई स्वच्छ,निष्पक्ष र स्वतन्त्र बनाउन सशस्त्र प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको जिकिर गर्नु भएको छ ।

उहाँले आन्तरिक चुनौतिलाई सामना गर्न सकेकोमा प्रशंसा गर्नु भएको छ । नेपालमा संकट आइपर्दा राष्ट्रसेवकले महत्वपूर्ण भूमिका नीर्वाह गर्दै आएको उहाँको भनाई छ । राष्ट्र सेवकको वृद्धि विकासमा सरकारले सहयोग गर्ने र सरकारले आवश्यक गृह कार्य गरिरहेको बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षाका रुपमा रहेको सीमा सुरक्षामा खटिएकोमा सशस्त्र प्रहरी बललाई धन्यवाद दिनु भएको छ । जनताको शान्तिपूर्ण वातावरणमा बस्न पाउने अधिकारको रक्षा गर्न आवश्यक रहेको उल्लेख गर्नु भएको छ । प्रधानमन्त्री देउवाले आर्थिक पारदर्शीतामा सशस्त्र प्रहरी बलको भूमिका प्रसंशीय रहेको बताउनु भएको छ ।


More

View All

News

Health

Sports