×

Nepali Community

गठबन्धन सरकारका कारण मुलुक गहिरो संकटतिर धकेलिँदै गएको एमालेका अध्यक्ष ओलीको भनाई


काठमाडौं । माघ ९ गते
गठबन्धन सरकारका कारण मुलुक गहिरो संकटतिर धकेलिँदै गएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउनु भएको छ । गठबन्धन दलहरुको नेतृत्व गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको ६ महिनाको समीक्षा गर्दै एमाले अध्यक्ष ओलीले मुलुक गहिरो संकटतर्फ फस्दै गएको बताउनु भएको हो ।

आज एमाले अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै शक्ति पृथकीकरण र राज्यका अङ्गहरुबीचको सन्तुलन, मुलुकको अर्थतन्त्र, कुटनीतिक सम्बन्ध र शान्ति सुरक्षाको अवस्था समस्याग्रस्त बन्दै गएको बताउनु भएको छ । कोभिड महामारीविरुद्दको प्रतिकार्य झन् लथालिंग भएको अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 


More

View All

News

Health

Sports