×

Nepali Community

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा छ –गृहमन्त्री खाण


काठमाडौं । माघ ९ गते
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा रहेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछि गृहमन्त्री खाणले यस्तो बताएका हुन् ।सबैभन्दा पहिला संविधान र विधिको पालना सरकारले नै गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्री यादव सम्बद्ध जनता समाजवादी पार्टी (जसपा)ले उनसँग छलफल गरेपछि मात्र सरकार धारणा बनाउने उनको भनाइ छ । जसपाले भने शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री यादवको बचाउ गरेको थियो । मन्त्री यादवको अभिव्यक्तिको चौतर्फिक विरोध भइरहेको छ । राजनीतिक दल, नागरिक समाज लगायतले मन्त्री यादवलाई बर्खास्त गर्न माग गरिरहेका छन् ।

 

 


More

View All

News

Health

Sports