×

Nepali Community

निर्वाचन आयोगको निर्देशनका सम्बन्धमा छलफल गर्नका लागि राप्रपाको पदाधिकारी बैठक बस्दै


काठमाडौं । माघ ९ गते
सोमबारका लागि निर्वाचन आयोगको निर्देशनका सम्बन्धमा छलफल गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ।आयोगले राप्रपाको आधारभूत मान्यता राजसंस्था र हिन्दू राष्ट्र विधानबाट हटाउन निर्देशन दिएपछिको अवस्थाबारे छलफल गर्न सोमबारका लागि पदाधिकारी बैठक बोलाइएको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताए।आयोगले हालै राप्रपालाई पत्र लेख्दै विधानमा उल्लेख भएको राजसंस्था र हिन्दू राष्ट्र भन्ने शब्द सात दिनभित्र झिकेर ल्याउन भनेको छ। राप्रपाले गएको मंसिरमा भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दलसम्बन्धी ऐनबमोजिम गत पुस १० मा अद्यावधिक गर्नका लागि आयोगमा पठाएको थियो।आयोगले राप्रपाको विधानसहित नयाँ विवरणमाथि अध्ययन गर्दै ती विषय संविधानविपरीत रहेको ठहर गर्दै कैँची चलाएको हो।


More

View All

News

Health

Sports