काठमाडौं । माघ ९ गते
प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनलाई लिएर नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले टिप्पणी गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत नेतृ वलीले प्रधानमन्त्री देउवाको सम्बोधन रस र भावना नभएको र मात्र गुनगुन भएको बताइन् ।
प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाउनु भएको थियो । उहाँले प्रधानमन्त्री देउवाको सम्बोधन कुनै दृष्टिकोण र भविश्य नभएको पनि बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा लेखनु भएको छ ।,प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ, नकुनै भावना, नकुनै भविश्य छ , केवल गुनगुन मात्र छ यसले मुलुकलाई कहिं पुर्याउँदैन ।