×

Nepali Community

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने परीक्षा बोर्डद्वारा जानकारी


काठमाडौं । माघ ९ गते
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने तयारी भइरहेको जनाएको छ ।अहिलेसम्म परीक्षा तालिका नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्नेमा अन्योलमा छन् ।

तर राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा हुने र वैशाखमा गर्ने गरी तयारी भइरहेको स्पष्ट पारेको छ ।यसअघि मङ्सिरमा तालिका सार्वजनिक गरेर चैतमा एसईई परीक्षा हुने गर्थ्यो । कोभिड–१९ का कारण अघिल्ला दुई वर्षमा विद्यालयले गरेको मूल्याङ्कनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो ।


More

View All

News

Health

Sports