काठमाडौं । माघ ९ गते
मिनी बसमा बम विष्फोट हुँदा अफगानिस्तानको हेरातमा चार महिलासहित सात जनाको मृत्यु भएको छ । घटनामा नौ जना घाइते भएका छन् ।इन्धन ट्यांकीमा जडान गरिएको बम विष्फोट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाको जिम्मा कसैले नलिएको अलजजिराले जनाएको छ ।हेरात इरानसँग सीमा जोडिएको अफगानिस्तानको तेस्रो ठूलो शहर हो ।अफगानिस्तानमा तालिवानले सत्ता सम्हालेपछि त्यहाँ मानवीय संकटको अवस्था सिर्जना भएको विवरणहरु सार्वजनिक भइरहेका छन् ।