काठमाडौं । माघ ९ गते
आज पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा एक खेल हुँदैछ ।पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दिउँसो २.३० बजे सुरु हुनेछ ।आज दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । यस खेलको विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ ।आहा रारामा मनाङ र पुलिस सर्वाधिक सफल टिम हो । दुबै टोलीले ६र६ पटक उपाधि चुमेका छन् ।