×

Nepali Community

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


 

काठमाडौं । माघ ९ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज पारिवारिक प्रेम बढेर जाने योग रहेको छ भने फेसन तथा मनोरञ्जनमा खर्च भए पनि मन सन्तोष हुने तथा परिश्रम अनुसार सफलता मिल्न समय लाग्न सक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने आय आर्जनमा सुधार आउनुका साथै बैदेशिक क्षेत्रको काम अघी बढ्ने तथा श्रमको उचित मुल्याङ्कन हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज दाम, इनाम र प्रतिष्ठा कमाउने योग रहेको छ भनेविशिष्ट व्यक्तिको सहयोग पाईने तथा अरुको मन जित्न सकिनुका साथै दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज कला, साहित्य तथा सांगीतमा रुचि बढ्ने योग रहेको छ भने व्यापार व्यवसायमा सफलता पाईनुका साथै आँटेको कार्य पुरा हुने तथा लाभदायक यात्रा पनि रहला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कार्य सम्पादनमा सहजता मिल्ने योग रहेको छ भने साथीभाईबाट विशेष सहयोग मिल्ने तथा सामाजिक सद्भाव र रमाईलो यात्राको योग पनि छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने राजनीति अधिकारमा सफलता मिल्ने तथा रोकिएको धन पाइएला । मानसिक शान्ति मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सामान हराउने वा चोरी हुने योग रहेको छ भने वैदेशिक क्षेत्र कमजोर रहनुका साथै विचार गरेर निर्णय लिनु उचित हुने तथा पारिवारिक समस्या आइपर्ला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज पदोन्नतीको सम्भावना प्रवल रहेको छ भने शुभ कार्यको चर्चा चल्ने तथा राज्यबाट साथ र सहयोग मिल्ने योग रहेको छ भने विद्या र बुद्धिको विकास पनि हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अचल सम्पत्ति हात पर्ने योग रहेको छ भने धर्मकर्म तथा समाजसेवामा मन लाग्नुका साथै प्रेमीको सहयोग पाईने तथा नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज श्रमको उचित मुल्याङ्कन हुने योग रहेको छ भने स्वादिष्ट भोजन पाईने तथा व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नुका साथै प्राविधिक क्षेत्रको काम अघी बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ने योग रहेको छ भने सरकारी निकाएको भय रहला । व्यवसायमा मन्दी आउनेछ । खर्चिलो यात्रा पनि रहनसक्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने रोकिएका अधुरा कामहरू पुरा हुने तथा नयाँ व्यक्ति संग भेटघाट पनि हुनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु होला ।


More

View All

News

Health

Sports