×

Nepali Community

मन्त्री रेणु यादवको अभिव्यक्तिले मनपरितन्त्र, ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्ने छ –भीम रावल


काठमाडौं । माघ ८ गते
मन्त्री रेणु यादवको अभिव्यक्तिले सरकारमा रहेका व्यक्तिहरूको गैरजिम्मेवार चरित्रलाई देखाइरहेको नेकपा एमालेका नेता डा. भीम रावललेटिप्पणी गर्नु भएको छ । भौतिक पूर्वाधारमन्त्री यादवले केही दिनअघि जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन्। यस्ता अभिव्यक्तिले मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्ने नेता रावलको दाबी छ।

उहाँले सरकारमा रहेका केही व्यक्तिहरू मनपरी गर्ने र बोल्ने गैरजिम्मेवार चरित्र देखाइरहेको र यसको पछिल्लो श्रृंखला मन्त्री रेणु यादवको अर्को गौर काण्ड गर्ने धम्कीमा देखिएको जिकिर गर्नु भएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ । गैरकानुनी र गलत काम कुरामा छुट हुने हो भने लोकतन्त्र होइन मनपरितन्त्र,ठोकतन्त्र र अपराधलाई प्रश्रय दिएको ठहर्छ।ु

 


More

View All

News

Health

Sports