×

Nepali Community

आजका लागि प्रधानमन्त्री देउवाले आह्वान गरेको सर्वदलीय बैठक अनिश्चित


काठमाडौं । माघ ८ गते
आजका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वानमा गर्नु भएको सर्वदलीय बैठक अनिश्चित भएको छ। स्थानीय तहको निर्वाचनबारे शनिबार ९ बजे गर्ने भनिएको बैठक अनिश्चित भएको हो।सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि शनिबार सर्वदलीय बैठक गर्ने तय भएको एक नेताले बताएका थिए।

तर अहिलेसम्म सर्वदलीय बैठकको टुंगो लागेको छैन। यसैबीच एमाले नेता विष्णु रिमालले आफूहरूलाई प्रधानमन्त्रीले राखेको सर्वदलीय बैठकबारे कुनै खबर नआएको बताएका छन्।यता प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार संविधानविदहरूसँग पहिले छलफल गरेर मात्र सर्वदलीय बैठक बोलाउनेबारे छलफल भइरहेको छ। हिजो बसेको समन्वय समितिको बैठमा पनि सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेका थिए।

 


More

View All

News

Health

Sports