×

Nepali Community

रेणु यादवलाई पदमुक्त गर्नुपर्ने विश्वप्रकाश शर्माको भनाई


काठमाडौं । माघ ८ गते
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विवादास्पद अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताउनु भएको छ । मन्त्री शर्माले पदीय मर्यादा विपरीत हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै महामन्त्री शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासामु तीन विकल्प प्रस्तुत गर्नु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत कोरोना संक्रमण भएपछि आइसोलेसनमा बस्नु भएका महामन्त्री शर्माले ‘मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्ति पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने सुझाव दिनु भएको हो । शर्माले तीन वटा सुझाव दिँदै यादवलाई राजीनामा दिन आग्रह समेत गर्नु भएको छ ।

शर्माले स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना वा सम्बन्धित दलद्वारा पहलकदमि र राजीनामा वा पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त गर्नुपर्ने जिकिर गर्नु भएको छ । यस्तै शर्माले ३ उपचारका पछिल्तिर ३ कारणसमेत औंल्याउनु भएको छ । राज्यको जिम्मेवारीमा बस्नेको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवारी हुनुपर्ने उहाको भनाई छ ।


More

View All

News

Health

Sports