×

Nepali Community

निवर्तमान स्थायी समिति र आयोगका सदस्यसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छलफलमा


काठमाडौं । माघ ८ गते
निवर्तमान स्थायी समिति र आयोगका सदस्यसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परामर्श सुरु भएको छ । नेकपा माओवादी केन्द्रका निवर्तमान स्थायी समिति सदस्य र केन्द्रीय आयोगका सदस्यहरूसँग छलफल गरिदै छ ।

छलफल केहीबेअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्ष र निवर्तमान स्थायी समिति सदस्यहरूसँग परामर्श बैठक सुरु गरेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभा तथा तीनै तहका निर्वाचन, कोभिड(१९, पार्टीका आगामी योजना लगायतका समसामयिक विषयमा आजको बैठकमा छलफल हुनेछ ।


More

View All

News

Health

Sports