काठमाडौं । माघ ८ गते
आज प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बस्ने भएको छ। बैठक बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।बैठकमा स्थानीय तहको निर्वाचन, संसद खुलाउने लगायतका विविध विषयमा छलफल गरिने छ ।
शुक्रबार सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा तीनै तहको निर्वाचन एकैपटक गराउनेबारे छलफल भएको थियो ।समन्वय समितिको बैठकले निर्वाचनबारे संविधानविद् र निर्वाचन आयोगसँग छलफल गर्ने निर्णय गरेको छ । त्यसअघि प्रधानमन्त्री देउवाले स्थानीय तलको निर्वाचनलगायतका विषयमा सर्वदलीय बैठकमा छलफल गर्ने भएका हुन् ।