×

Nepali Community

इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डमाथि नर्विच सिटीको जित


काठमाडौं । माघ ८ गते
वाट्फोर्डलाइ इंग्लिस प्रिमियर लिग फुटबलमा नर्विच सिटीले सहज जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा नर्विचले वाट्फोर्डलाई ३–० गोल अन्तरले हराएको हो ।नर्विचको जितमा जोश सर्जेन्टले दुई गोल गरेका थिए ।खेलको ५१ औं मिनेटमा जोशले गोल गर्दै नर्विचलाई सुरुआती अग्रता दिलाएका थिए ।उनको यो पहिलो प्रिमियर लिग गोल हो ।

७४ औं मिनेटमा जोशले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए ।खेलको ७८ औं मिनेटमा इमानुएल डेनिसले रातो कार्ड पाएपछि वाट्फोर्ड १० खेलाडीमा समेटिएको थियो।त्यसपछि खेलको इन्जुरी समयमा जुराज कुकाले आत्मघाती गोल गरेपछि नर्विच ३० ले विजयी भएको थियो । जितसँगै नर्विच १७ औं स्थानमा रहेको छ भने वाट्फोर्ड १४ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।


More

View All

News

Health

Sports