×

Nepali Community

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ ८ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने योग रहेको छ भने कला र गलाको प्रभाव बढ्ने तथा मनोरञ्जनमा सहभागिता भइनुका साथै आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने मनमा हर्ष छाउने तथा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनुका साथै नयाँ सफलता पनि मिल्नसक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने योग रहेको छ भने शुभकार्यको चर्चा चल्ने तथा अरुलाई प्रभावित पारेर काम बन्नुका साथै प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज साथीभाइबाट सहयोग मिल्ने योग रहेको छ भने सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नुका साथै शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग रहेको छ भने श्रमको उचित मूल्याङ्कन हुने तथा विद्या र बुद्धिको विकास हुनुका साथै यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्ने योग रहेको छ भने गरेको काममा ढिलासुस्ती हुने तथा बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुने योग रहेको छ भने दैनिक कामहरू अगाडि बढ्ने तथा कार्य सम्पादनमा सहजता मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज पारिवारिक सद्भाव बढ्ने योग रहेको छ भने नयाँ व्यक्ति सँग भेटघाट हुने योग रहेको छ भने व्यापार व्यवसायबाट लाभ मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज अतिथिका रूपमा सम्मान पाइने योग रहेको छ भने श्रमको उचित मूल्याङ्कन हुने तथा वैदेशिक क्षेत्रको काम अघि बढ्नुका साथै आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज बोलीको विपरीत अर्थ लाग्न सक्छ । मनमा चञ्चलता बढ्नाले गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । आज लगानी गर्नु पनि उपयुक्त नहोला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने परिवारजनको साथले नयाँ आशा पलाउने योग रहेको छ भने लाभदायक यात्रा पनि रहला, तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने वैदेशिक कार्य अघि बढ्ने तथा धर्मकर्म तथा समाजसेवामा मन लाग्ने र आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।


More

View All

News

Health

Sports