काठमाडौं । माघ ७ गते
आज प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लाग्नु भएको हो । सय दिनमा भएका कामकाजसँगै कोभिड(१९ रोकथामका लागि भइरहेका प्रयासबारे प्रधानमन्त्रीले बोल्ने जनाएको छ।