काठमाडौं । माघ ७ गते
हामिले जानेबुजे अनुसार जाडो मौसममा सुन्तला खानु हुँदैन भन्ने धारणा रहेको छ । तर भने चिसो मौसममा फल्ने सुन्तलाको धेरै नै फाईदा छ ।
सुन्तला स्वादका लागि मात्र नभई स्वास्थ्यको हिसाबले पनि अत्यन्तै लाभदायक हुन्छ । मानिसहरूलाई सुन्तलामा भिटामिन पाईन्छ भन्ने थाहा हुदाहुदै पनि भिटामिन चक्की खाने गर्दछन् ।
सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत पनि हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य तथा सौन्दर्यको हिसाबले फाइदा जनक हुन्छ ।
बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ । सुन्तलाले मिर्गौलाको पत्थरी हुनबाट बचाउछ । जानिराखै सुन्तलाको फाईदाहरु
१ क्यान्सरको जोखिम घटाउँछ ।
२ कोलेस्टरोल घटाउँछ ।
३ मुटु बलियो बनाउँछ ।
४ आँखा तेजिलो बनाउँछ ।
५ रक्तचाप नियन्त्रण गर्छ ।
६ छालाको सुरक्षा गर्छ ।