×

Nepali Community

हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट हटाउन योगेश भट्टराईको माग


काठमाडौं । माघ ७ गते
हिंसात्मक अभिव्यक्ति दिने मन्त्री रेणु कुमारी यादवलाई पदबाट हटाउन नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गर्नु भएको छ । आज सामाजिक सन्जालमार्फत आफ्नो धारणा राख्दै नेता भट्टराईले हिंसा भड्काउने र संविधाको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गर्नु भएको हो ।

भौतिक पूर्वाधारमन्त्री यादवले बुधबार रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा अर्को गौर नरसंहार मच्चाएर जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिएकी थिइन् ।२०६३ चैत ३ गते गौरमा भएको हत्याकण्ड इतिहासकै एक बर्बर र जघन्य अपराधका रुपमा चित्रित छ । तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्या गरेको सो घटनालाई राजनीतिकरण गरिएपछि अहिलेसम्म कसैलाई पनि कारबाही गरिएको छैन ।


More

View All

News

Health

Sports