×

Nepali Community

चुनावबारे कुनै पनि निर्णय गर्दा पालिका रिक्त हुन पुगेमा त्यो असंवैधानिक हुने छ –गगन थापा


काठमाडौं । माघ ७ गते
पालिकामा जनप्रतिनिधि विहीनताको अवस्था संविधानले कल्पना नगरेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताउनुभएको छ ।पालिकाको चुनावको मिति तेक्न निर्वाचन आयोगले दवाब दिइरहँदा पनि सरकारले कुनै निर्णय नगरेको बेला सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका महामन्त्री थापाले पालिकामा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको बताउनुभएको हो ।

सत्ता गठबन्धनभित्र बाटै प्रदेश र प्रतिनिधि सभाको चुनावपछि मात्रै पालिकाको चुनाव गर्ने प्रस्ताव समेत आएपछि महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत आफनो धारणा राख्दै चुनावबारे कुनै पनि निर्णय गर्दा पालिका रिक्त हुन पुगेमा त्यो असंवैधानिक हुने बताउनुभएको छ । थापाले कांग्रेसले असंवैधानिक कदम नचाल्ने पनि दाबी पनि गर्नुभएको छ ।


More

View All

News

Health

Sports