×

Nepali Community

युक्रेन मामिलामा रुस आक्रामक नहुने अमेरिकी राष्ट्रपति जो बाइडेनको दाबी


काठमाडौं । माघ ७ गते
युक्रेन मामिलामा रुस आक्रामक नहुने अमेरिकी राष्ट्रपति जो बाइडेनले दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ‘हस्तक्षेप गर्न चाहेका भए पनि पूर्ण आकारको युद्ध नचाहेकामा आफू विश्वस्त रहेको’ बाइडेनको भनाइ छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने विषयमा एक पत्रकारको प्रश्नमा के त्यसो भए अमेरिकाले एउटा सानो हमला स्वीकार गर्छ भन्ने पत्रकारको प्रश्नमा बाइडेनले रुसी राष्ट्रपति पुटिनले पश्चिमा विश्वको परीक्षा लिन चाहेका भए ‘गम्भीर मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएका छन् ।राष्ट्रपति बाइडेनको भनाइलगत्तै ह्वाइटहाउसले एक विज्ञप्ति जारी गर्दै रुसको सैनिक कदमविरुद्ध भने पश्चिमा देशले कडा जवाफ दिने उल्लेख गरेको छ । ‘

यदि रुसी सेना युक्रेनभित्र पसे भने त्यो नयाँ हस्तक्षेप हुनेछ र अमेरिका र उसका साझेदारबाट तत्काल, कडा र एकीकृत जवाफ पाउने निश्चित छ,’ ह्वाइटहाउसकी प्रेस सचिव जेन साकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।युक्रेनमाथि आक्रमण गरेको खण्डमा अमेरिकाले रुसविरुद्ध हालसम्मकै कडा प्रतिबन्ध लगाउने चेतावनीसमेत दिएका छन् ।


More

View All

News

Health

Sports