काठमाडौं । माघ ७ गते
बैशाखभित्र स्थानीय तहको चुनाव नहुँदा संविधान उल्लंघन हुने नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत नेता रिमालले उक्त कुरा बताउनु भएको हो । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन गर्नु भन्दा पहिले बैशाखमा संघीय संसद्को निर्वाचन गर्नुपर्ने बताउनु भएको थियो ।
एमालेले भने स्थानीय तहको निर्वाचनभन्दा पहिले गरिने कुनै पनि निर्वाचन आफूहरुलाई मान्य नहुने बताउदै आइरहेको छ । यसैबीच रिमालले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्नु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ ,बैशाख भित्र स्थानीय तहको चुनाव नहुँदा संबिधान उल्लंघन हुन्छ, कानून मिचिन्छ। यसको चिन्ता नहुने१ उ बेला मुद्धा हाली “एक दिन बॉकी रहेसम्म पनि प्रतिनिधिसभा भंग गर्न नहुने” भनि गराईएको फैसला विपरीत ‘पहिले प्रतिनिधिसभा र प्रदेशको चुनाव(पछि स्थानीय तहको’भन्ने गफ हामीले पत्याइदिनु पर्ने ।