×

Nepali Community

चुनावबारे छलफल गर्न सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक आज बस्दै


काठमाडौं । माघ ७ गते
आज सत्तारूढ पाँच राजनीतिक दलको बैठक पनि बस्ने भएको छ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको हो।

यसअघि बिहीबार अपरान्ह प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो।वैशाखमा स्थानीय तहको चुनाव गर्ने कि तीनै तहको चुनाव एकैपटक वैशाखमा गर्ने कि वैशाखमा संघीय चुनाव गर्ने भन्ने जस्ता विभिन्न प्रस्ताव आइरहेका बेला राजनीतिक समन्वय समितिको बैठक बस्न लागेको हो।


More

View All

News

Health

Sports