×

Nepali Community

विष्फोटमा परि घानामा १७ जनाको ज्यान गयो


काठमाडौं । माघ ७ गते
विष्फोटमा परि घानामा १७ जनाको मृत्यु भएको छ । पश्चिम घानामा भएको विष्फोटमा उक्त हातहती भएको हो ।

घटनामा परी ५९ जना घाइते भएका छन्।खानीका लागि विस्फोटक पदार्थ लिएर पश्चिमी घानामा गइरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको थियो। प्रारम्भिक अनुसन्धानमा विस्फोटक पदार्थकै कारण दुर्घटना भएको जनाएको छ। त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन संगठनका निमित्त निर्देशक सेजी सजी अमेडोनुले घटनामा ५०० बढी घरहरु ध्वस्त भएको बताएका छन्। घटनाबारे थप जानकारी आइसकेको छैन।


More

View All

News

Health

Sports