काठमाडौं । माघ ७ गते
आज रातिदेखि काठमाडौं उपत्यकामा सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ ।काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले आज मध्यरात पछि लागु हुने गरि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।
तिव्र गतिमा फैलिरहेको कोभिडको संक्रमणलाई मध्य नजर गर्दै जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्ने निर्णय भएको हो ।आजैदेखि सार्वजनिक स्थलमा जाँदा खोपकार्ड अनिवार्य बोक्नुपर्ने नियम पनि लागू गरिएको छ ।
त्यसैगरी, जमघट हुने सवैखाले क्रियाकलपाहरु पनि बन्द गर्ने आदेश जिल्ला प्रशासनहरुले जारी गरेका छन् । जस अनुसार आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखानाहरु आजदेखि बन्द हुनेछन् ।