×

Nepali Community

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा बिल्बाओसँग पराजित हुँदै बाहिरियो


काठमाडौं । माघ ७ गते
बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलमा एथ्लेटिक बिल्बाओसँग अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित हुँदै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ बाट बाहिरिएको हो ।इकर मुनियान नायक बन्दै दुई गोल गरेपछि बिल्बाओ अन्तिम आठमा पुगेको हो ।

खेलको दोस्रो मिनेटमा इकरले गोल गर्दै बिल्बाओलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, खेलको २० औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको ८६ औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई २–१ को अग्रता दिलाएका थिए ।इन्जुरी समयमा पेड्रीले गोल गरेपछि खेल २–२ को बराबरी हुँदै अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयको १ सय ५ औं मिनेटमा इकरले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरेपछि बिल्बाओ ३–२ गोल अन्तरले विजयी भयो ।

 


More

View All

News

Health

Sports