×

Nepali Community

हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ ७ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने योग रहेको छ भने जोशजाँगर र उमंग बढ्ने तथा धर्मकर्म तथा समाज सेवामा मन लाग्नुका साथै मनोबल उच्च रहनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज यात्रा गर्दा सचेत हुनुपर्ने योग रहेको छ भने झन्झटिलो काममा संलग्न हुनुपर्ने तथा स्वास्थ्य प्रति भने सचेत रहनु पर्छ, तर साँझमा आर्थिक लाभ मिल्नसक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने शिक्षामा सफलता पाइने तथा श्रमको उचित मूल्याङ्कन हुनुका साथै स्वास्थ्यमा सुधार पनि आउनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज धर्मकर्म तथा समाजसेवाबाट सफलता मिल्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज भाग्यले साथ दिने योग रहेको छ भने दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ भने रमाइलो यात्राको योग रहेको छ र सेवा र धर्मकर्ममा मन पनि लाग्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ने योग रहेको छ भने सानातिना समस्यामा अल्झनुपर्ने तथा आफूलाई कमजोर भएको अनुभूति पनि हुनसक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने नसोचेको ठाउँबाट धनागम हुने तथा वैदेशिक क्षेत्रको कार्य अघि बढ्ने र पुँजी बजारको साथ पाइनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुने योग रहेको छ भने सामाजिक क्षेत्रमा सफलता मिल्ने तथा न्यायिक कार्यमा सफलता मिल्नुका साथै भूमि लाभ पनि रहला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा शङ्का उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्न पाइएला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने साहित्य तथा सङ्गीतमा रुचि बढ्ने तथा दाम्पत्य जीवन सुखमय हुने र बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।


More

View All

News

Health

Sports