×

Nepali Community

संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको कांग्रेसका महामन्त्री थापाको भनाई


काठमाडौं । माघ ६ गते
संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै नगरेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्पष्ट पार्नु भएको । महामन्त्री थापाले स्थानीय तह निर्वाचन ढिला गर्नेबारे बहस चलिरहेका बेला सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै स्थानीय तह रिक्त हुने गरी गरिने निर्णय असंवैधानिक नै हुने बताउनु भएको हो ।

उहाँले साकाजिक सञ्जमलमा लेखनु भएको छ , ‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन । अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुन पुग्छ भने त्यो असंवैधानिक नै हुन्छ । कांग्रेस प्रस्ट छ – असंवैधानिक कदम विरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसीमा सही हुनैपर्छ ।’


More

View All

News

Health

Sports