×

Nepali Community

प्रधानमन्त्रीद्वारा त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा सामाजिक दूरी कायम भए,नभएको अनुगमन गर्न निर्देशन


काठमाडौं । माघ ६ गते
त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरूमा सामाजिक दूरी कायम र परीक्षा कोठामा स्यानिटाइजर एथेष्ट मात्रामा भए,नभएको अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिनु भएको छ । आज प्रधानमन्त्रीले त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरूमा अनुगमन गर्न र कोरोना भाइरस (कोभिड) प्रोटोकल पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदाश बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड प्रोटोकल पालना भए,नभएको अनुगमन गर्न निर्देशन गर्नु भको हो । प्रधानमन्त्रीले परीक्षा हलमा सामाजिक दूरी कायम नगरेको र स्यानिटाइजर एथेष्टमात्रामा नभएको पाइएमा केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन दिनु भएको छ ।


More

View All

News

Health

Sports